About Us

पोखरा नमुना वैकल्पिक विद्यालयको चिनारी

नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्र अन्तर्गत सञ्चालित यस श्री पोखरा नमुना वैकल्पिक विद्यालय वि.स. २०७३ सालमा पोखरा लेखनाथ महानगरपालिका-५, न्यूरोडमा स्थापना गरिएको छ । औपचारिक शिक्षा लिनबाट बञ्चित भएका विभिन्न उमेरसमूहका व्यक्तिहरुलाई शिक्षा दिने उदेश्यले यस विद्यालयको स्थापना भएको हो । आर्थिक, पारिवारिक, सामाजिक लगायतका विभिन्न कारणबाट आफ्‌नो अध्ययनलाई बीचमै छोडेर फेरी पढ्ने इच्छा भएका विद्यार्थीहरुलाई शिक्षा दिने उदेश्य यस विद्यालयको रहेको छ । विद्यालयमा नियमित रुपमा उपस्थित भई अध्ययन गर्न नसको विद्यार्थीहरु घरमै बसेर पनि अध्ययन गर्न सक्नेछन् । यस विद्यालयबाट SEE परिक्षा दिए पश्चात प्राप्त परिणाम (ग्रेड) को आधारमा विभिन्न विद्यालयमा गई कक्षा ११ मा भर्ना भई अध्ययन गर्ने अवसर मिल्नेछ । अन्तत आफ्नो पढ्ने सपनालाई साकार पार्नका लागि बीचमै पढाइ छोडेका बाबुनानी, जागिरे, गृहिणी लगायतका जुनसुकै उमेर समूहका व्यक्तिहरु लाई पोखरा नमूना वैकल्पिक विद्यालयले अध्ययन गर्ने मौका र प्रेरणादायी अवसर प्रदान गर्दै आएको छ ।

अध्यक्ष – सुवास पौडेल

प्रिन्सिपलको भनाई

“सबैका लागि शिक्षा” भन्ने मूल नाराका साथ स्थापना भएको यस विद्यालय प्रदेश नं. ४ को राजधानीको रूपमा परिचित पो.ले.म.न.पा-४, न्यूरोडमा सञ्चालित रहेको छ । विशेष गरी विभिन्न कारणले आफ्‌नो अध्ययनलाई बीचैमा छोडेका भिन्न उमेर समूहका विद्यार्थीहरुलाई शिक्षा दिने उद्देश्यले यस विद्यालयको स्थापना भएको हो । नेपाल सरकार अनौपचारिक शिक्षा अन्तर्गत सञ्चालन गरिएको यस विद्यालयमा कक्षा ८ र कक्षा १० मा अध्ययन अध्यापन गराईन्छ | शैक्षिक सत्र २०७४ सालमा आधारभूत तह (कक्षा ८) मा २० जना र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SEE) (कक्षा १०) मा ७२ जना परीक्षार्थीहरु सम्मिलित भई परीक्षा दिन सफल भएका छ। विभिन्न क्षेत्रमा रोजगार, पेशा, व्यवसाय, आर्थिक, सामाजिक र पारिवारिक समस्याका कारण अध्ययन पुरा नभएका विद्यार्थीहरु लाई नियमित रुपमा वा समय अनुकूल अध्ययन गरी परीक्षा दिने व्यवस्था यस विद्यालयले गरेको छ । पढ्नलाई उमेरले छेक्दै न भन्ने शास्वत् सत्यलाई आत्मसात गर्दै विभिन्न उमेर समूहका विद्यार्थीहरुलाई पढ्ने र आफ्‌नो सपना पुरा गर्ने कार्यमा प्रेरणादायी भूमिका निर्वाह गर्न यस विद्यालय प्रतिबद्ध छ ।

प्रिन्सिपल – विनोदराज ढकाल

Welcome to Pokhara Namuna Baikalpik Vidyalaya

Pokhara Namuna Baikalpik Vidyalaya, established in 2073 B.S. is set up with a vision of providing quality education for the overall betterment of students. It has been located in Pokhara Metropolitan City, Newroad, Kaski, Nepal. Our school is easily accessible from all the place across the valley . It has created a glorious educational history within in this area since its establishment. The school is lead by trained and experienced teachers staff.

Specific Features of PNBV

  • Located at Pokhara, Newroad, kaski , Nepal.
  • Classes in both English and Nepali medium.
  • Qualified and well experienced teaching staffs.
  • Resourceful library, science lab and computer class room.
  • Enough sports and co-curricular activities.
  • Application of abundant ICT tools in regular classroom teaching etc.
  • Students counselling by experts

7 Years of Experience

Pokhara Namuna Baikalpik Vidyalaya, established in 2073 B.S. is set up with a vision of providing quality education for the overall betterment of students.

0
Certified Teachers
0
Successful Kids
0
Happy Parents
0
Awards Won